२०८२ माघ १० गते शनिवार
विनयजंग बस्नेतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
सपना रोक्का मगरले दिएको जाहेरीका आधारमा विनयलाई मंगलबार साँझ काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले बताए।
आफूविरुद्ध अश्लील अभिव्यक्ति दिएको भन्दै सपना रोका मगरले परिसरमा फागुन २ गते जाहेरी दिएकी थिइन्। पक्राउ परेका बस्नेतलाई अहिले परिसरमा ल्याउँदै गरेको एसएसपी सिंहले बताए। सपनाले बस्नेतले आफूमाथि दूव्र्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन्। बेवारिसे शव जलाउने विनयले सपना मगरविरुद्ध अश्लील अभिव्यक्ति दिएका थिए।
पहिले सँगै काम गर्ने सपना र विनय आफूहरुबीच बाबुछोरीको सम्बन्ध रहेको बताउँथे। तर, पछिल्लो समय छुट्टिएसँगै विनयले सपनाको चरित्र हत्या गर्दै अभिव्यक्ति दिएपछि उनी प्रहरीको शरणमा पुगेकी थिइन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij