Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

टुंगियो सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डा, कुन दललाई कति मन्त्रालय ?

टुंगियो सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डा, कुन दललाई कति मन्त्रालय ?


  • 1.7K
    Shares

    टुंगियो सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डा, कुन दललाई कति मन्त्रालय ?
    images

    सरकार विस्तारमा सत्ता गठबन्धनका दलबीचको भागबण्डा लगभग टुंगो लागेको छ । गठबन्धनमा कांग्रेसले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाउने भएको छ ।

    जसमा अर्थ, परराष्ट्र, रक्षा‚ कानुन र स्वास्थ्य मुख्य मन्त्रालय छन् । त्यस्तै शहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन मन्त्रालय पनि कांग्रेसको भागमा परेको छ । ​

    भौतिकको सट्टामा माओवादीले गृह मन्त्रालय पाएको छ । माओवादीका भागमा सञ्चार, ऊर्जा‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालय परेका छन् । 

    माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी (नेकपा एस)ले भौतिक पूर्वाधार र वन मन्त्रालय पाएको छ । नेकपा एसले यी मन्त्रालयमा वेदुराम भुसाल र प्रकाश ज्वालालाई पठाउने निर्णय गरेको छ । 

    जसपाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालय पाएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय पाएको छ । यो मन्त्रालयमा यसअघि जनमतका अब्दुल खान मन्त्री थिए । 

    दाबीअनुसार जनमतले उद्योग मन्त्रालय पाएको छ ।  नागरिक उन्मुक्ति पार्टी युवा तथा खेलकुद र लोसपालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय परेको छ ।

    लोसपाले श्रममा शरतसिंह भण्डारीलाई मन्त्री बनाएर पठाउने निर्णय गरिसकेको छ । अब यी मन्त्रालयमा दलले नाम पठाएपछि प्रधानमन्त्रीले सरकार विस्तार गर्दैछन् ।

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - १४:३६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij