Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

दोहोरो अङ्कले घट्यो शेयर बजार, ९० करोड रुपैयाँको कारोबार

दोहोरो अङ्कले घट्यो शेयर बजार, ९० करोड रुपैयाँको कारोबार


  • 2.1K
    Shares

    • images
    दोहोरो अङ्कले घट्यो शेयर बजार, ९० करोड रुपैयाँको कारोबार
    images

    काराेबार हुने हप्ताको अन्तिम दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार १० दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ५६ विन्दुमा झरेको छ ।

    आज होटल र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज दुई सय ५४ वटा कम्पनीका २७ लाख ५० हजार कित्ता शेयर ८९ करोड ९५ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै शिवम् सिमेन्टको पाँच करोड रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै आदर्श लघवित्तको शेयर छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै सुपरमाई हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशत र कालिञ्चोक दर्शन प्रालीको शेयर छ प्रतिशतले बढेको छ ।

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - १४:२७:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij