Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

नवलपरासीको बेतहानीमा प्रहरी र स्थानीयबीच झडप, दुई राउण्ड अश्रु ग्यास प्रहार

नवलपरासीको बेतहानीमा प्रहरी र स्थानीयबीच झडप, दुई राउण्ड अश्रु ग्यास प्रहार


  • 2.5K
    Shares

    नवलपरासीको बेतहानीमा प्रहरी र स्थानीयबीच झडप, दुई राउण्ड अश्रु ग्यास प्रहार
    images

    नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका-५ बेतहानीमा प्रहरी र स्थानीयवासीबीच झडप भएकाे छ । प्रहरीले एक जना युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिन जाँदा स्थानीयवासीले अवराेध गरेपछि झडप भएकाे हाे ।

    प्रहरीले झडप नियन्त्रणका लागि दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्यामप्रसाद यादवले बताउनु भएकाे छ । 

    उहाँका अनुसार युवकसँग भेटिएको १० लाख रुपैयाँ नगदको श्रोत खुलाउन माग गरिएको र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लैजान खोज्दा स्थानीयले अवरोध गरेका हुन् । 

    आफ्नै पैसा बैंकमा जम्मा गर्न हिँडेका युवकलाई प्रहरीले बाटोमा रोकेर नियन्त्रणमा लिन खाेजेको स्थानीयवासीको आरोप छ।

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - १३:१६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij