Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

उपनिर्वाचनका लागि कांग्रेसले लगायो उम्मेदवारको टुङ्गो, कुन ठाउँबाट को-को लड्दैछन्?

उपनिर्वाचनका लागि कांग्रेसले लगायो उम्मेदवारको टुङ्गो, कुन ठाउँबाट को-को लड्दैछन्?


  • 2.2K
    Shares

    उपनिर्वाचनका लागि कांग्रेसले लगायो उम्मेदवारको टुङ्गो, कुन ठाउँबाट को-को लड्दैछन्?
    images

    काठमाडौँ । नेपाली कांग्रेसले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ।

    सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको कार्यसम्पादन समितिको बैठकले चितवन-२, बारा-२ र तनहुँ-१ का लागि उम्मेदवारको टुङ्गो लगाएको हो।

    बैठको निर्णय अनुसार पार्टीले चितवन-२ मा पार्टीको जिल्ला सभापतिसमेत रहेका जीतनारायण श्रेष्ठ र तनहुँ-१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ।

    यस्तै, पार्टीले बारा-२ मा  जनता सामाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवलाई छाड्ने निर्णय गरेको छ। चितवन-२ मा यसअघिका प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

    यस्तै, बारा-२ मा रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। जसपाबाट उम्मेदवारी दिएर विजयी भएका उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

    यसैगरी, तनहुँ-१ मा रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। नेपाली कांग्रेसबाट विजयी भएका उनी राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

     

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - १२:०९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij