Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

कांग्रेस बैठकः मन्त्रीको नाम टुंगो लगाउने जिम्मा देउवालाई, अरु के - के भए निर्णय ?

कांग्रेस बैठकः मन्त्रीको नाम टुंगो लगाउने जिम्मा देउवालाई, अरु के - के भए निर्णय ?


  • 2.1K
    Shares

    कांग्रेस बैठकः मन्त्रीको नाम टुंगो लगाउने जिम्मा देउवालाई, अरु के - के भए निर्णय ?
    images

    नेपाली कांग्रेसले चितवन २ बाट जितनाराणय श्रेष्ठ र तनहुँ १ बाट कांग्रेस केन्द्रीय सदस्य गोबिन्द भट्टराईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। बिहीवार बसेको संसदीय समिति र केन्द्रीय सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।

    बारा क्षेत्र २ मा उम्मेद्वार कसलाई बनाउने भन्नेबारे छलफल गर्न भने १९ गते फेरि बैठक बस्ने महतले बताए। 'कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा क्षेत्र २ को हकमा भने १९ गते बैठक बसेर निर्णय गरेको छ,' महतले भने। बैठकमा मिटर ब्याज पीडितको समस्या समाधानका विषयमा र मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल भएको महतले जनाए।

    सरकारमा पठाउनेको नाम लगभग टुंगो लागिसकेको महतको भनाई थियो। नामको विषयमा सभापति शेरबहादुर देउवाले सबै नेतासँग सल्लाह सुझाव लिइसकेको र मन्त्रिपरिषद् विस्तारबारे भने प्रधानमन्त्रीले बोलाएको समयमा हुने उनले बताए। 'नामको विषयमा यो टुंगो लगाइराख्नुपर्दैन होला। सभापतिले सबैसँग सल्लाह सुझाव लिनुभएको छ,' महतले भने।

    मन्त्रिपरिषद् विस्तार आजै होला त? सञ्चारकर्मीको प्रश्नमा महतको जवाफ थियो, 'प्रधानमन्त्रीले खबर गर्नुहोला।'

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - १२:०२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij