Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

सचिव र उपसचिव सरुवाको बबण्डर साम्य नहुँदै सरकारी तीन दर्जन सहसचिवको आजै सरुवा गर्दै 

सचिव र उपसचिव सरुवाको बबण्डर साम्य नहुँदै सरकारी तीन दर्जन सहसचिवको आजै सरुवा गर्दै 


  • 6.6K
    Shares

    सचिव र उपसचिव सरुवाको बबण्डर साम्य नहुँदै सरकारी तीन दर्जन सहसचिवको आजै सरुवा गर्दै 
    images

    काठमाडौं । उपसचिव सरुवामा मच्चिएको बन्डरसमेत मत्थर नहुँदै सरकारले तीन दर्जन बढी सहसचिव सरुवाको तयारी गरेको छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मङ्गलवार (आजै) सरुवा निर्णय गर्न लागेको स्रोतले जानकारी दिएको छ ।

    महिना दिन लामो रस्साकस्सी पछि हिजै मात्र सचिव सरुवा सार्वजनिक भए पनि सबैले अझै चिठी बुझ्न नसकिरहँदा त्यति नै बेलादेखि सुरु गरिएको सहसचिवको चर्चा आज मात्रै टुङ्ग्याउन थालिएको  स्रोतको भनाई छ ।

    सम्भवतः ५ बजेभित्र सूची सार्वजनिक गर्ने तयारीमा मन्त्रालय छ, ती अधिकारीले भने, प्रशासनिक र राजनैतिक शक्तिकेन्द्रका दबाबले को कहाँ हुन्छ पछि नै थाहा हुन्छ । अहिलेको सरुवालाई चुनावी तालमेलसँग मिलाउन खोजिएको भनिए पनि चुनाव नै हुने कि नहुने निश्चित नहुँदा महिना दिन अघि तयार पारिएको सूची पछि पछि भन्दै सारिँदै आइएको थियो ।

    त्यसो त उपसचिव सरुवामा मच्चिएको बबन्डरसमेत मत्थर भएको छैन । तालिममै रहेको बेला केही ग्रुपहरूले तयार पारेको सुचीअनुसार एक पटकसमेत नसोधी पदस्थापन तथा काज सरुवा गरिएको भन्दै कैयन् उपसचिवहरूले आपत्ति जनाएका छन् । त्यसैको रापले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना र सचिव एकनारायण अर्याललगायत उच्च कर्मचारीको टसल सतहमै देखिएको छ ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७७ मंगलवार - १५:३१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij