Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

संविधान बनाउनेहरु नै सडकमा उत्रिए पछि अरु केही भनिरहनै पर्दैन भन्दै वकिलले दिए यस्तो सुझाब 

संविधान बनाउनेहरु नै सडकमा उत्रिए पछि अरु केही भनिरहनै पर्दैन भन्दै वकिलले दिए यस्तो सुझाब 


  • 5.8K
    Shares

    संविधान बनाउनेहरु नै सडकमा उत्रिए पछि अरु केही भनिरहनै पर्दैन भन्दै वकिलले दिए यस्तो सुझाब 
    images

    काठमाडौं । संसद् विघटनविरूद्ध सर्वोच्च अदालतमा परेका मुद्दामाथि एमिकस क्युरीले आफ्नो राए दिइरहेका छन् । मंगलबार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधान निर्माण गर्नेहरु नै संविधान संकटमा पर्‍यो भन्दै सडकमा आएको बताएका छन्।

    एमिकस क्युरीमा रहेका अधिवक्ता कार्कीले संवैधानिक इजलासमा राय दिने क्रममा संविधान बचाउने निर्णय इजलासले लिनुपर्ने बताए।

    ‘श्रीमानहरु अलमलिनु पर्ने अवस्थै छैन’,उनले भने, ‘जसले संविधान निर्माण गरेका थिए, जसले कार्यन्वयन गर्नुपर्ने हो, उनीहरु नै संविधान संकटमा पर्‍यो भन्दै सडकमा पुगेका छन्।’

    अधिवक्ता कार्कीले ५ जना न्यायाधीशहरुलाई ठूलो र महत्वपूर्ण निर्णय लिने जिम्मेवारी आएको बताए। यसअघि पक्ष र विपक्षका कानुन व्यवसायीको बहस सकिएपछि मंगलबारदेखि एमिकस क्युरीको राय लिन सुरु भएको हो।

    प्रकाशित मिति :फाल्गुण ४ २०७७ मंगलवार - १४:१२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij