Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

रास्वपाले उपनिर्वाचन हुने ३ वटै क्षेत्रमा उम्मेदवारी दिने

रास्वपाले उपनिर्वाचन हुने ३ वटै क्षेत्रमा उम्मेदवारी दिने


  • 1.8K
    Shares

    रास्वपाले उपनिर्वाचन हुने ३ वटै क्षेत्रमा उम्मेदवारी दिने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले १० वैशाखमा हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।

    शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचन हुने चितवन-२, तनहुँ-१ र बारा-२ मा उम्मेदवारी दिने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । ‘हामीले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा आफ्नो उम्मेदवार उठाउछौं’ उनले भने ।

    बैठकले उपनिर्वाचन हुने ३ वटै क्षेत्रमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । जसमा चितवनमा उपसभापति डोलप्रसाद अर्याल, तनहुँमा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र बारामा गणेश कार्की संयोजक तोकिएका छन् ।

    प्रकाशित मिति :चैत्र १० २०७९ शुक्रवार - १६:५९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij