Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

नेपाल प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर नियुक्त

नेपाल प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर नियुक्त


  • 2.2K
    Shares

    नेपाल प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर नियुक्त
    images

    प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त वहादुर कुँवर ३० औं प्रहरी महानिरीक्षकमा पदोन्नति भएका छन्। नेपाल सरकार मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले शनिबारबाट लागू हुने गरी कुँवरलाई आईजीपीमा बढुवा गरेको हो। 

    कुँवर कम्तिमा २ वर्षका लागि नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति भएका हुन्। कुँवरकै कार्यकालमा ३० वर्षे सेवाअवधि हटे उनको कार्यकाल थप लम्बिने छ। ३० वर्षे हटाउने संघीय प्रहरी ऐन ल्याउने प्रक्रिया अगाडि बढिसकेको छ। 

    एसएसपी हुँदासम्म बरियतामा पछि रहेका कुँवर डीआईजीबाट अगाडि लागेका थिए। २०७५ सालमा १४ जना एसएसपी हुँदा कुँवर १३ औँ नम्बरमा थिए। तर डीआईजीमा पहिलो नम्बरमा रहे। त्यसपछि एआईजीमा पनि पहिलो नम्बरमै रहँदै आईजीपीमा बाजी मारेका हुन्। 

    अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ मा विसं २०२६ चैत १५ गते जन्मिएका हुन्। भीम बहादुर कुँवर र नमकला कुँवरका छोरा वशन्तका दाजु बाबुराम कुँवर गण्डकी प्रदेश प्रमुख भइसकेका छन्। 

    महानिरीक्षक वसन्त बहादुर कुँवरकी श्रीमती लक्ष्मी पराजुली र २ छोरा छन्। प्रहरी महानिरीक्षक कुँवरले २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन्। 

    व्यावशायीक, निष्ठावान र साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाएका प्रहरी महानिरीक्षक कुँवर २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षकमा बढुवा भएका थिए। 

     

    प्रकाशित मिति :चैत्र १० २०७९ शुक्रवार - १६:५७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij