Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

राष्ट्रिय जनगणना- २०७८ को अन्तिम नतिजा आज सार्वजनिक हुँदै

राष्ट्रिय जनगणना- २०७८ को अन्तिम नतिजा आज सार्वजनिक हुँदै


  • 1.8K
    Shares

    राष्ट्रिय जनगणना- २०७८ को अन्तिम नतिजा आज सार्वजनिक हुँदै
    images

    काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को नतिजा आज (शुक्रबार) सार्वजनिक गरिने भएको छ । शुक्रबार बिहान ९:३० मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सोल्टी होटलमा सार्वजनिक गर्ने कार्यक्रम छ ।

    राष्ट्रिय तथ्याङ्क कार्यालयले २५ कात्तिकदेखि ९ मंसिर ०७८ सम्म जनगणना गरेको थियो । कार्यालयले ८० भन्दा धेरै प्रश्नका जवाफ लिएर जनगणना सङ्कलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो । जसअनुसार नेपालको प्रारम्भिक जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ ।

    सङ्कलित तथ्याङ्क विश्लेषण गरेर दुई महिनाअघि नै जनगणनाको सम्पूर्ण तयारी भए पनि राजनीतिक कारणले रोकिएको थियो । नेपालमा हरेक १० वर्षको अन्तरमा जनगणना गर्ने व्यवस्था र अभ्यास छ ।

    जनगणना मुख्यतः देशको जनसाङ्ख्यिक अवस्थाको यथार्थ थाहा पाउन गरिन्छ । देशको सामाजिक अवस्था, आर्थिक स्थिति, घरपरिवारको अवस्था, शिक्षा, स्वास्थ्य, खानेपानी, इन्धनलगायतका आधारभूत आवश्यकतामा नागरिकको पहुँचलगायतका विषय जनगणनामा समेटिन्छन् ।

    प्रकाशित मिति :चैत्र १० २०७९ शुक्रवार - ११:१३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij