Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बाग्मतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज पुन: विश्वासको मत लिँदै

बाग्मतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज पुन: विश्वासको मत लिँदै


  • 1.9K
    Shares

    बाग्मतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज पुन: विश्वासको मत लिँदै

    हेटौंडा । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले शुक्रबार विश्वासको मत लिने भएका छन्।

    बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि स्थगित भएको बैठक आज बोलाइएको हो। बैठक अपरान्ह १ बजे बस्नेछ।

    नेकपा (एमाले)सहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिएपछि दोहोर्‍यार विश्वासको मत लिन लागेका हुन। नेपाली कांग्रेस भित्र विश्वासको मत दिने नदिने बारेमा विवाद बढेपछि अन्तिम समयमा आएर बुधवार बोलाइएको बैठक स्थगित हुन पुगेको थियो।

    नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेपछि आपसी सहमतिमा बुधवार बोलाइएको बैठक सारेर शुक्रवार बोलाइएको हो।

    शुक्रबार डाकिएको बैठकबाट भने विश्वासको मत पाउने अपेक्षा मुख्यमन्त्री जम्मरकट्टेलले गरेका छन्।

    प्रकाशित मिति :चैत्र १० २०७९ शुक्रवार - ०६:३४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij