Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

अवैध आयात नियन्त्रण गर्न संयुक्त टोली परिचालन गर्नुस्: प्रधानमन्त्री प्रचण्ड

अवैध आयात नियन्त्रण गर्न संयुक्त टोली परिचालन गर्नुस्: प्रधानमन्त्री प्रचण्ड


  • 1.7K
    Shares

    अवैध आयात नियन्त्रण गर्न संयुक्त टोली परिचालन गर्नुस्: प्रधानमन्त्री प्रचण्ड
    images

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

    प्रधानमन्त्री प्रचण्डले बिहीबार दिउँसो सिंहदरवारमा जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा बोल्दै आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने प्रधानमन्त्री प्रचण्डले बताएका हुन् ।

    प्रधानमन्त्रीले भने, ‘राजश्व छलि नियन्त्रणसम्बन्धी जति पनि नीतिगत व्यवस्था छन्। ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्छ। बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा अनुगमन गर्नुहोस्। अवैध आयात नियन्त्रण गर्न राजश्व अनुसन्धान विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनले संयुक्त टोली परिचालन गर्नुस् । कच्चा पदार्थ र तयारी पदार्थ वा वस्तुको भन्सार दरमा कम्तिमा १० प्रतिशत फरक पर्ने गरी नीतिगत पुनरावलोकन गर्ने तयारी गर्नुस्। सबै सरकारी निकायले स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्ने प्राथमिक नीति निर्धारण गर्नुस्। छलफल गर्ने, नीति पनि बनाउने तर कार्यान्वयन नगर्ने परिस्थिति अब रहनु हुँदैन। अनुगमन बोर्डरमा मात्र होइन, आन्तरिक बजारको पनि गर्ने गरी व्यवस्था मिलाउनुस् ।’

    आयातका लागि राष्ट्रिय स्टान्डर्ड तयारी गरी वस्तुको गुणस्तरमा प्रभावकारिता ल्याउने वातावरण बनाउनुपर्ने उनको भनाई छ ।

    प्रकाशित मिति :चैत्र ९ २०७९ बिहिवार - १६:५३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij