२०८२ मंसिर ३ गते बुधवार
काठमाडौं । काठमाडौं महानगरपालिकाले आउँदो चैत्र १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले काठमाडौंमा आयोजना हुने न्यायिक समिति राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको जनाएको हो ।
सम्मेलनमा सवै पालिकाका न्यायिक समितिका संयोजक वा सदस्य मध्येबाट एक–एक जना गरी ४५० पालिकाबाट सहभागीता हुने महानगरकी उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।
स्थानीय विवाद निरुपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त भएका सफलता, भोगेका समस्या र चुनौतीसम्बन्धी अनुभव सिकाइ र भोगाइ आदान प्रदान गर्न सम्मेलनको आयोजना गरिएको उनले बताइन् ।
सम्मेलनको पहिलो दिन विभिन्न चारवटा मुख्य कार्यपत्रको प्रस्तुती हुने र दोश्रो दिन विवाद निरुपण काठमाडौं घोषणा पत्र जारी गर्दै सम्मेलन समापन गरिनेछ, उपप्रमुख डंगालले भनिन् ।
पत्रकार सम्मेलनमा महानगरकी उपप्रमुख डंगोलले स्थानीय विवादहरू नजिकैको सरकारी कार्यालयहरूमा मेलमिलापका माध्यमबाट समाधान गराउनका लागि काठमाडौं महानगरले आवश्यक कानुन तर्जुमा गरेर राजपत्रमा प्रकाशित गरिसकेको जानकारी दिइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij