Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

बिवाईडी र प्रभु बैंकबीच इभी फाइनान्सिङको लागि सम्झौता

बिवाईडी र प्रभु बैंकबीच इभी फाइनान्सिङको लागि सम्झौता


  • 1.7K
    Shares

    बिवाईडी र प्रभु बैंकबीच इभी फाइनान्सिङको लागि सम्झौता
    images

    बिवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको नेपालका लागि आधिकारीक बिक्रेता साईमेक्स इंक प्रालिले विद्युतीय सवारीका सहज फाइनान्सिङको लागि प्रभु बैंकसँग वित्तिय सम्झौता गरेको छ। यो साझेदारीले ग्राहकहरूलाई बिवाईडी ब्रान्डको विद्युतीय सवारी साधन खरिद गर्न सजिलोकर्जा प्रदान गर्ने लक्ष्य राखेको छ।

    विद्युतीय सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न प्रभु बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा बिवाईडी ब्रान्डका सवारी साधन खरिदका लागी सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ।

    साइमेक्स इंकका प्रमुख बित्त अधिकारी मेमन धौगाडाले भने, ‘बिवाईडी विश्वभर दिगो र किफायती यातायात समाधानहरु प्रदान गर्न प्रतिबद्ध छ। प्रभु बैंक संगको यो साझेदारीले हामीलाई विद्युतीय सवारीलाई नेपालमा उपभोक्ताहरु माझ थप पहुँच योग्य बनाउन मद्दत गर्नेछ।’

    बिवाईडी विभिन्न मोडलहरुका विद्युतीय सवारी साधनहरु उत्पादन गर्ने अग्रणी बिश्वव्यापी निर्माता हो । यसका विद्युतीय सवारी साधनहरु विश्वसनीयता, सुरक्षा र कार्यसम्पादनका लागि परिचित छन्। नेपालमा विद्युतीय सवारी साधनको बढ्दो मागसंगै यस साझेदारीले दिगो तथा गतिशिल समाधानहरु अपनाउन प्रवर्धन गर्न मद्दत गर्नेछ।

    प्रभु बैंकका उपभोक्ता बैंकिङ प्रमुख वीरेन्द्र भट्टले भने, ‘प्रभु बैंकमा, हामी दिगो विकासलाई समर्थन गर्न प्रतिबद्घ छौं। बिवाईडी सँगको हाम्रो साझेदारीले हामीलाई विद्युतीय सवारी साधनमा स्विच गर्न चाहने ग्राहकहरुको आवश्यकता अनुरुप वित्तिय समाधानहरु प्रदान गर्न सक्षम बनाउनेछ।’

    यस सहकार्य पश्चात्प्रभु बैंकका ग्राहकहरूले अब नेपालका कुनै पनि बिवाईडी डिलरबाट सवारी साधन खरिद गर्दा प्रभु बैंकबाट सजिलै ८०% सम्म कर्जा प्राप्त गर्न सक्ने छन् साथै सो कर्जा ५ वर्ष अवधीसम्म लिन मिल्ने प्रावधान गरिएको छ।

    प्रभु बैंकका देश भर ३६५ शाखा, ७१ एक्सटेन्सन काउन्टर र ३०९ एटिएम नेटवर्क छन् । साईमेक्सले नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी BYD Atto 3 ( रु ६४.९० लाख), नेपालमा सबैभन्दा लामो रेन्ज प्रदान गर्ने BYD All –New e6(रु. ५९ लाख) मा बजारमा उपलब्ध गराउँदैछ। केवल २० प्रतिशत डाउन पेमेन्टमा ग्राहकहरुले अब भर्खरैलन्च गरिएको नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी BYD ATTO 3 रु. १२.९८ लाख वा BYD All New e6 मात्र रु ११.८० लाखमा खरिद गर्न सक्नेछन्।

    प्रकाशित मिति :चैत्र ९ २०७९ बिहिवार - १६:३२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij