Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

मेरिल्याण्डमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु

मेरिल्याण्डमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु


  • 1.8K
    Shares

    मेरिल्याण्डमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु
    images

    वासिङ्टन । मेरिल्याण्डमा बुधबार भएको सडक दुर्घटनामा छ जनाको मृत्यु भएको छ । इन्टरस्टेट हाइवे ६९५ मा भएको दुर्घटनमा कारमा सवार सबै छ जनाको घटनास्थलमा नै मृत्यु भएको आपत्कालीन स्वास्थ्य सेवाका कर्मचारीले बताएका छन् । 

    सडकमा मर्मतसम्भार भइरहेका बेला तीव्र वेगमा हुइँकिएको एउटा कार अस्थायी रुपमा खडा गरिएको पर्खाल लडाएर काम भइरहेको स्थानमा आएर पल्टिएको थियो ।

    उक्त कारको ठक्करबाट सडकमा काम गरिरहेका केही कामदार पनि घाइते भएका प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ । गम्भीर घाइते भएका चालकलाई अस्पताल पु¥याइएको छ । दुर्घटनाको अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

    यसैबीच म्यान्माको याङ्गुन–माण्डले राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको तथा अन्य १४ जना घाइते भएका राजमार्ग प्रहरीले बताएको छ । दुवै मृतक पुरुष हुन् । 

    प्रकाशित मिति :चैत्र ९ २०७९ बिहिवार - १४:५०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij