Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

उत्तराखण्ड हिमपहिरो : मृत्यु हुनेको स‌ंख्या ५८ पुग्यो, अझै १४६ जना बेपत्ता

उत्तराखण्ड हिमपहिरो : मृत्यु हुनेको स‌ंख्या ५८ पुग्यो, अझै १४६ जना बेपत्ता


  • 5.8K
    Shares

    उत्तराखण्ड हिमपहिरो : मृत्यु हुनेको स‌ंख्या ५८ पुग्यो, अझै १४६ जना बेपत्ता

    भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा हिमताल विस्फोटपछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

    चमोली जिल्ला प्रशासन कार्यालयले तपोवन जलविद्युत परियोजनाको सुरुङबाट पछिल्लो पटक ११ जनाको शव निकालिएको जानकारी दिएको छ। योसहितसुरुङबाट कुल ५८ जनाको शव निकालिएको छ।

    हिमताल फुटेर चमोलीका अलकानन्द र धौलीगंगामा आएको बाढीमा परेकाहरूको लगातार उद्धार कार्य चलिरहेको छ।

    अधिकारीहरूका अनुसार घटनामा अझै १ सय ४६ जना बेपत्ता छन्। धौलीगंगा नदीमा रहेका दुईवटा जलविद्युत परियोजनामा काम गरिरहेका मजदुरहरू बाढीको चपेटामा परेका थिए।

    अधिकांश कामदार सुरुङभित्रै काम गरिरहेको अवस्थामा घटनामा पर्दा बेपत्ता हुनेको संख्या रहेको अधिकारीहरूले जनाएका छन्। एजेन्सी

    प्रकाशित मिति :फाल्गुण ४ २०७७ मंगलवार - १२:३६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij