Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

चन्द्र भण्डारीलाई राज्य कोषबाट ५५ लाख ८८ हजार रुपैयाँ दिने मन्त्रिपरिषद्को निर्णय (विवरणसहित)

चन्द्र भण्डारीलाई राज्य कोषबाट ५५ लाख ८८ हजार रुपैयाँ दिने मन्त्रिपरिषद्को निर्णय (विवरणसहित)


  • 1.8K
    Shares

    चन्द्र भण्डारीलाई राज्य कोषबाट ५५ लाख ८८ हजार रुपैयाँ दिने मन्त्रिपरिषद्को निर्णय (विवरणसहित)
    images

    काठमाडौँ । सरकारले नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको उपचारका लागि ५५ लाख ८८ हजार एक सय ६४ रुपैयाँ दिने निर्णय गरेको छ। ग्यास लिक भएर आगो लाग्दा घाइते भएका नेता भण्डारीको भारतमा उपचार भइरहेको छ । सत्ता साझेदार कांग्रेसकै दबाबमा सरकारले नेता भण्डारीको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गत फागुन ११ गते बसेको मन्त्रिपरिषद्ले गरेको थियो। 

    राजनीतिक दलकै सदस्य एवं नेता भएकै कारण राज्य कोषको दुरुपयोग यसअघि पनि पटक पटक हुँदै आएको छ। यसैगरी १० वर्ष अघिका उपराष्ट्रपति परमानन्द झाका सवारी चालकलाई पारिश्रमिक भुक्तानीस्वरुप सरकारले २ लाख ७६ हजार दिएको छ । मन्त्रिपरिषद्को गत असोज ७ गते निर्णय भए पनि फागुनमा मात्रै अर्थले भुक्तानी दिएको हो ।

    सरकारले फागुनमा मात्रै विभिन्न व्यक्तिलाई ६४ लाख ८८ हजार रुपैयाँ आर्थिक सहायता दिइएको पाइएको छ। भाषा आयोगका ५ जना कर्मचारीलाई तलबबापत ३९ लाख ८ हजार रुपैयाँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत विघटन भइसकेको नेपाल यातायात संस्थानको अवकाश पाएका एक सय १० जना कर्मचारीलाई ७१ लाख २ हजार रुपैयाँ र डिभिजन सडक कार्यालय काठमाडौँका तत्कालीन इन्जिनियर नरनाथ पौडेलको सुविधाका लागि २२ लाख ८६ हजार भुक्तान गर्न अर्थले बजेट निकासा गरेको छ । मन्त्रालयले आफ्नो वेभसाईटमार्फत भुक्तानी विवरण सार्वजनिक गरेको हो। 

    विवरण अनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभागका निलम्बन भएका ६ जना कर्मचारीको निलम्बन अवधिको आधा तलब र भत्ता रकम प्रदान बापत ६६ लाख ४ हजार, सहरी विकास तथा भवन निर्माणका निलम्बनमा परेका दुई कर्मचारी कोमानन्द अधिकारी र दीपा श्रेष्ठको निलम्बन अवधिको तलब भत्ता बापत ४२ लाख ४४ हजार रुपैयाँ समेत निकासा गरिएको विवरणमा उल्लेख छ। 

    संविधान दिवसमा विभूषणका लागि तक्मा बाँड्न एक करोड २४ लाख, राष्ट्रपतिको कार्यालयको श्रव्य दृश्य सामाग्री निर्माणका लागि सात लाख रुपैयाँ दिने निर्णयअनुसार अर्थले सो रकम पनि निकासा गरेको छ। विविध शीर्षकबाट तलब भत्ता, भ्रमण लगायतका लागि अर्थले फागुनमा मात्रै ३७ करोड ४९ लाख रुपैयाँ निकासा गरेको विवरणमा उल्लेख छ। 

    सरकारले मल अभाव भइरहेका बेला रासायनिक मल खरिदका लागि सात अर्ब ७५ करोड रुपैयाँको पनि स्रोत सुनिश्चित गरेको छ। 

     

    प्रकाशित मिति :चैत्र ७ २०७९ मंगलवार - १७:०१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij