Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

कोशी नामकरणविरुद्ध आन्दोलनकारीद्वारा इन्द्र आङ्बोमाथि पहिचान पक्षधरको आक्रमण

कोशी नामकरणविरुद्ध आन्दोलनकारीद्वारा इन्द्र आङ्बोमाथि पहिचान पक्षधरको आक्रमण


  • 1.7K
    Shares

    कोशी नामकरणविरुद्ध आन्दोलनकारीद्वारा इन्द्र आङ्बोमाथि पहिचान पक्षधरको आक्रमण
    images

    नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि ताप्लेजुङमा आक्रमण प्रयास भएको छ ।

    माओवादी जिल्लास्तरीय बैठकमा सहभागी हुन गएका आङ्बोमाथि पहिचान पक्षधरले आन्दोलनकारीले फुङ्लिङ नगरपालिका तक्मेडाँडा छेउमा आक्रमणको प्रयास भएको हो ।

    पहिचान पक्षधरका कार्यकर्ताले आक्रमण गर्दा उनी चढेको गाडीमा सामान्य क्षति पुगेको छ । उनीहरूले हत्या गर्ने चेतावनी दिँदै आङ्बोमाथि आक्रमण प्रयास गरेका हुन् ।

    बाटो ढुकेर बसेका प्रदर्शनकारीले एक्कासी ढुंगा हान्दै नाराबाजी गरेको उनका स्वकीय सचिव पुजन मगरातीले बताए । प्रदेशको नाम कोशी राखिएसँगै पहिचानवादीले पछिल्लो समय आन्दोलन गरिरहेका छन् ।

    हिजोमात्र मुख्यमन्त्री हिक्मत कार्की चढेको गाडीमा ओखलढुंगामा आक्रमण प्रयास भएको थियो ।

    प्रकाशित मिति :चैत्र ७ २०७९ मंगलवार - १६:५७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij