२०८२ मंसिर ३ गते बुधवार
काठमाडौंको दक्षिणकाली नगरपालिका–८ शितल चोकमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ। हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ झ ३४२४ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना भएको हो।
मृतकको पहिचान खुलेको छैन। दुर्घटनामा घाइते भएका अन्य ८ जनालाई उपचारको लागि मनमोहन अस्पताल पठाइएको प्रहरीले जनाएको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij