२०८२ मंसिर ३ गते बुधवार
काठमाडौं ।अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले नेपालको शिक्षा नीति परिवर्तन गर्न आवश्यक भएको बताएका छन्।
आज काठमाडौंमा आयोजीत वैज्ञानिक समाजवादको अपरिहार्यता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले, अहिलेको शिक्षानीतिले देशमा ठोस योगदान दिन नसकेको बताए ।
उनले मुलुकको व्यवस्थालाई समाजवादको सहि अर्थ के हो भनेर बुझाउन आवश्यक भएको बताए ।
‘समाजवाद भनेर विकृत तृल्याउने खालको दलाल संसदीय राज्यव्यवस्था छ । तर कम्युनीष्टहरुले वैज्ञानीक समाजवाद कस्तो हुन्छ भनेर देखाउन जरुरी छ ।’ उनले समाजमा हुने गरेको विकृति विसंगती अन्त्य गर्न आवश्यक छ भन्दै शिक्षा प्रणालीलाई समग्र रुपमा सुधार्नु पर्ने कुरामाजोड दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij