Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

जनप्रतिनिधिको भत्ताबाट कति पाउँछन् शिक्षकले तलब ?

जनप्रतिनिधिको भत्ताबाट कति पाउँछन् शिक्षकले तलब ?


  • 2.3K
    Shares

    जनप्रतिनिधिको भत्ताबाट कति पाउँछन्  शिक्षकले तलब ?
    images

    तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिको तलबबाट शिक्षकलाई तलब खुवाउने गरेको छ । चालु आर्थिक वर्षको नीति, कार्यक्रम अनुसार गाउँपालिकाले नियुक्त गरेको स्वयंसेवक शिक्षकलाई गाउँपालिकाले कार्यपालिका बैठक भत्ताबाट तलब खुवाउने गरेको छ ।

    शिक्षकको दरबन्दी कम भएको विद्यालयमा गाउँपालिकाले आन्तरिक श्रोतबाट तलब खुवाउने गरी १३ जना स्वयंसेवक शिक्षक नियुक्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए । उनले भने, ‘१२ जना शिक्षकलाई गाउँपालिकाको आन्तरिक श्रोतबाट तलब खुवाइएको छ भने एक जनालाई म लगायत अन्य १५ जना गाउँकार्यपालिका सदस्यको कार्यपालिका बैठकमा प्राप्त हुने भत्ताबाट तलब खुवाउने गरेका छौं ।’

    शिक्षकहरुले प्रतिमहिना २०/२० हजार रुपैयाँका दरले तलब पाउँछन् । शर्माका अनुसार कार्यपालिका सदस्यलाई प्रत्येक बैठकमा ८५० रुपैयाँको दरले भत्ता प्राप्त हुन्छ । उनले भने, ‘गत साउनबाट कार्यपालिका सदस्यहरुले आफ्नो बैठक भत्ताबाट एक जना शिक्षकलाई तबल खुवाउँदै आउनुभएको छ ।’ ८ महिनाको अवधिमा गाउँपालिकामा १७ पटक कार्यपालिकाको बैठक बसेको जानकारी गराइएको छ ।

    यस्तै, गाउँपालिकाका जनप्रतिनिधिले आफ्ना छोराछोरी आमागी शैक्षिक सत्रबाट सामुदायिक विद्यालयमा पढाउने भएका छन् । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको गाउँपाकिलाका अध्यक्ष शुक्र चुमानले बताए ।

    गाउँपालिकामा ३२ जनप्रतिनिधि छन् । आँबुखैरेनी गाउँपालिकामा ३५ सामुदायिक विद्यालय छन् । ‘सामुदायिक विद्यालयको स्तर सुधार्नुपर्छ भनेर भन्दै हिँड्दा हामी अधिकांश जनप्रतिनिधिहरुले आफ्नै छोराछोरीलाई भने सामुदायिक विद्यालयमा पढाउँदैनौं’, उनले भने, ‘अब यस गाउँपालिकाभित्रका जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाएका छौं । यसले गर्दा सरकारी विद्यालयप्रति अपनत्व बढ्छ ।’

    गाउँपालिकाले सामुदायिक विद्यालयमा अनुदानमा बस वितरणको तयारीसमेत थालेको छ । पहिलो चरणमा करिब चार विद्यालयलाई बस हस्तान्तरण गरिने अध्यक्ष चुमानले बताए ।

    प्रकाशित मिति :चैत्र ७ २०७९ मंगलवार - १६:१४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij