Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

बैशाख १० निर्वाचन: आयोगद्वारा दल दर्ता आह्वान, कहाँ-कहाँ हुँदैछ चुनाव ?

बैशाख १० निर्वाचन: आयोगद्वारा दल दर्ता आह्वान, कहाँ-कहाँ हुँदैछ चुनाव ?


  • 1.7K
    Shares

    बैशाख १० निर्वाचन: आयोगद्वारा दल दर्ता आह्वान, कहाँ-कहाँ हुँदैछ चुनाव ?
    images

    निर्वाचन आयोगले रिक्त रहेका निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्नका लागि दल दर्ता आह्वान गरेको छ । साेमबार आयोगले सूचना जारी गर्दै रिक्त रहेका चितवन–२, तनहुँ–१, बारा–२ निर्वाचन क्षेत्रमा उपनिर्वाचन प्रयोजनका लागि चैत ८ गतेदेखि १२ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो ।

    नागरिकता प्रकरणमा दोषी ठहर गर्दै चितवन–२ बाट निर्वाचित रास्वपाका सांसद रवि लामिछानेको पद सर्वोच्च अदालतले बदर गरेको थियो ।

    तनहुँ–१ मा निर्वाचित कांग्रेसका सांसद रामचन्द्र पौडेल र बारा–२ बाट निर्वाचित जसपाका सांसद रामसहायप्रसाद यादव राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएपछि स्वतः पदमुक्त भएका छन् ।

    त्यस्तै भ्रष्टाचार आरोपमा अदालतबाट दोषी करार भएका मनाङबाट निर्वाचित कांग्रेसका सांसद टेकबहादुर गुरुङको क्षेत्रमा भने निर्वाचन हुने/नहुने विषयमा आयोग मौन छ । आयोगले रिक्त यी क्षेत्रमा बैशाख १० मा निर्वाचन गराउने तयारी गरेको छ ।

    प्रकाशित मिति :चैत्र ७ २०७९ मंगलवार - १५:०५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij