२०८२ कार्तिक ५ गते बुधवार
केही दिनयता काठमाडौं उपत्यकासहित देशका विभिन्न भाग वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ।
त्यसैका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित वर्षा भइरहेको छ।महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार आउने बिहीबारसम्म हल्का वर्षाको सम्भावना छ।‘पर्सि फेरि पश्चिमी वायुको अर्को प्रणाली नेपाल प्रवेश गर्दैछ। त्यसले पनि केही असर गर्छ,’ झाले भने।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
२०७९ चैत ७ गते (मंगलबार)
दिउँसोː देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग/हावा-हुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीː देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग/हावा-हुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
२०७९ चैत ८ गते (बुधबार)
दिउँसोː देशभर आँशिक देखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीː देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।
२०७९ चैत ९ गते (बिहीबार)
दिउँसोː देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भुभागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीː देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij