Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सिटिजन्स बैंकको यी प्रडक्टमा पाइन्छ स्थिर ब्याजदरमा कर्जा, कुनको ब्याजदर कति ?

सिटिजन्स बैंकको यी प्रडक्टमा पाइन्छ स्थिर ब्याजदरमा कर्जा, कुनको ब्याजदर कति ?


  • 2.2K
    Shares

    • images
    सिटिजन्स बैंकको यी प्रडक्टमा पाइन्छ स्थिर ब्याजदरमा कर्जा, कुनको ब्याजदर कति ?
    images

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले पनि ग्राहकलाई सजिलो होस् र ढुक्कता प्रदान गरोस् भनेर स्थिर ब्याजदरका कर्जाका प्रडक्टहरू ल्याएको छ । बैंकले ५ वर्षदेखि १६ वर्षअवधिको कर्जा प्रडक्टहरू ल्याएको हो ।

    बैंकले प्रदान गर्ने उक्त कर्जाका प्रडक्टहरूमा १३ प्रतिशतदेखि १५ प्रतिशतसम्म ब्याजमा कर्जा पाउन सकिन्छ । यस्तो कर्जा लिने ग्राहकले आफूले कर्जा लिएको अवधिभर कर्जाको ब्याजदर बढ्दैन र घट्दैन पनि । कर्जा लिँदा जतिमा सम्झौता भएको छ सोहि ब्याजदरमा निरन्तर १५ वर्षसम्म पनि बैंकले कर्जा उपलब्ध गराउँछ ।

    बैंकले ल्याएका यस्ता कर्जाका प्रडक्टहरूमा सबैभन्दा सस्तो वा कम ब्याजदर भएको प्रडक्ट सिटिजन्स माइक्रोफाइनान्स लोन हो । ५ वर्षअवधिको उक्त लोनमा व्यवसायको प्रकृतिअनुसार १३ देखि १५ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने हुन्छ ।

    यदि तपाईले १३ वा १५ प्रतिशतमा ब्याज पाइने प्रकृतिको कर्जा दिनु भएका त्यो कर्जाको ब्याज ५ वर्षसम्म फिक्स रहन्छ वा सो अवधिसम्म घटबढ हुँदैन । बैंकले माइक्रोफाइसिन्स कर्जाबाट ५ वर्षमा सबै डिर्टन दिइसक्ने भएकोले छोटो अवधिको कर्जाको प्रडक्ट ल्याएको हो ।

    त्यसरी नै १४ प्रतिशतलेखि १४.७५ प्रतिशतसम्म स्थिर ब्याजदर भएको होमलोन कर्जा ल्याएको छ । सो कर्जाको अवधिअनुसार फरक फरक ब्याजदर कायम भएको छ । बैंकले ५ वर्षको होमलोन कर्जामा १४ प्रतिशत ब्याज लिन्छ भने ६ वर्षदेखि १० वर्षसम्मको होमलोनमा १४.२५ प्रतिशत, ११ देखि १५ वर्षसम्मको कर्जामा १४.५० प्रतिशत स्थिर ब्याजमा कर्जा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । १६ वर्षभन्दा माथिको होमलोनमा भने बैंकले १४.७५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने छ ।

    सिटिजन्स हाउसिङ लोनमा भने बैंकले १० वर्षसम्म एउटै ब्याजदरमा कर्जा उपलब्ध गराउने योजना बनाएको छ । बैंकले सो अवधिभर ग्राहकसँग १२.५० प्रतिशत स्थिर ब्याजमा कर्जा प्रदान गर्नेछ ।

    सिजिजन्स बैंकले घर र माइक्रोफाइनान्स कर्जामात्रै ल्याएको होइन । बैंकले सामाजिक कार्यदेखि शैक्षिक, अटो, विभिन्न उपकरण, फाष्ट ट्याक कर्जादेखि बिनाधितो तथा एक प्रदेश एक उत्पादनलाई समेत प्राथमिकतामा राखेर स्थिर ब्याजदर भएको कर्जाको प्रडक्ट ल्याएको छ ।

    बैंकले विवाहको लागि १५ वर्ष अवधिको कर्जा उपलब्ध गराउने भएको छ । उक्त कर्जा लिनको लागि भने ग्राहकले जति वर्षको लागि लिएको सोहि वर्षसम्म १४.५० प्रतिशतदेखि १५ प्रतिशतसम्म कर्जाको ब्याज तिर्नुपर्ने हुन्छ । बैंकले ल्याएको उक्त प्रडक्टमा ५ वर्षअवधिको भएमा १४.५० प्रतिशत ब्याज तिरेपुग्छ भने ६ देखि १० वर्षअवधिको यस्तो कर्जामा १४.७५ प्रतिशत र ११ देखि १५ वर्ष अवधिको कर्जाको लागि १५ प्रतिशत नै स्थिर ब्याज लिने चैत महिनाको लागि प्रकाशित गरेको निक्षेप तथा कर्जाको ब्याजदर सूचनामा उल्लेख गरिएको छ ।

    त्यसैगरी बैंकले शैक्षिक लोनका लागि पनि स्थिर ब्याजमा कर्जा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । बैंकले विवाह ट्रम लोनमा जस्तै कर्जाको अवधिअनुसारको स्थिर ब्याजदर तय गरेको छ । बैंकले ५ वर्षे अवधिको कर्जाको लागि १४.५०, ६ देखि १० वर्षे अवधिको लागि १४.७५ प्रतिशत र ११ देखि १५ वर्ष अवधिको शैक्षिक कर्जाको लागि १५ प्रतिशत ब्याजदर तोकेको छ ।

    बैंकले ल्याएको इक्युपमेन्ट कर्जामा भने ५ वर्ष अवधिको १४.५० प्रतिशत स्थिर ब्याजदर तोकिएको छ । अटो लानेको लागि भने बैंकले दुई प्रकारको प्रडक्ट ल्याएको छ । निजी सवारी साधन खरिद गर्न चाहने व्यक्तिे ५देखि १० वर्ष अवधिको स्थिर अटो लोन पाउने छन् भने कमर्शियल प्रपोजको अटो लोन ५ वर्ष अवधिको मात्रै हुनेछ । यो प्रकृतिको अटो लोन लिनको लागि १४.७५ प्रतिशत स्थिर ब्याजदर बैंकले तोकेको छ ।

    बैंकले प्रदान गर्ने व्यक्तिगत अटो लोनमा ५ वर्षअवधिको छ भने १४.५० प्रतिशत कर्जा लिएको दिनदेखि कर्जा अवधिभर भुक्तानी गरिरहनु पर्नेछ । ६ देखि १० वर्षे अवधिको अटो लोनमा १४.७५ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ । सिटिजन्स फाष्ट ट्याक लोनका पनि १० वर्षे अवधिसम्मको रहेको छ । बैंकले ५ वर्षे अवधिको यस्तो प्रकृतिको कर्जामा १४.७५ प्रतिशत र ६ देखि १० वर्षे अवधिको कर्जाको लागि १५ प्रतिशत ब्याजदर तोकेको छ ।

    एक प्रदेश एक उत्पादन प्रडक्टको लागि पनि बैंकले १४.५० देखि १४.७५ प्रतिशतको कर्जा अवधि प्लान ल्याएको छ । बैंकले ५ वर्षसम्मको यस्तो कर्जामा १४.५० प्रतिशत स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउने छ भने ६ देखि १० वर्षे अवधिको कर्जामा १५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने प्रतिवद्धता गरेको छ ।

    प्रकाशित मिति :चैत्र ७ २०७९ मंगलवार - ११:५५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij