२०८२ मंसिर ३ गते बुधवार
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले स्थानीयका लागि जारी आईपीओ भर्ने आज चैत ७ गते अन्तिम दिन रहेको छ।
कम्पनीले गत फागुन ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको भएको थियो। वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि भने गत फागुन २५ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। स्थानीयले भने आज बैंकिङ समयसम्म आवेदन दिन पाउने धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ।
कम्पनीले स्थानीयलाई जारी पुँजी ५० करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँबराबरको सेयर बिक्री खुला गरेको छ। जसअनुसार १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ४४ हजार ५३ कित्ता सेयर निष्कासन गरिएको छ। यसमध्ये आयोजना अतिप्रभावित क्षेत्र नौमुलेद्वारी–३ दैलेखका स्थानीयका लागि २ लाख ७२ हजार २६ कित्ता र त्यसबाहेक दैलेख जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ७२ हजार २६ कित्ता सेयर छुट्याइएको छ।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाले आयोजनास्थल, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij