Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कुमारी बैंकको ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


  • 2.4K
    Shares

    • images
    कुमारी बैंकको ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
    images
    कुमारी बैंकले २ जना संस्थापक सेयरधनीको नाममा रहेको ३८ हजार ६ सय ५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले तर्क बहादुर बुढाथोकीको ५ हजार २ सय ६४ र पेगी पाण्डेको नाममा रहेको ३३ हजार ३ सय ८६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
     
    यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज सोमबार (चैत ६ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । 
     
    बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर भाउ भने बिक्रेताले तेको वमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ६ २०७९ सोमवार - १२:१७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij