Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

नागरिक लगानी कोष ३३ औं वर्षमा, लगानी २ खर्बभन्दा बढी

नागरिक लगानी कोष ३३ औं वर्षमा, लगानी २ खर्बभन्दा बढी


  • 1.7K
    Shares

    नागरिक लगानी कोष ३३ औं वर्षमा, लगानी २ खर्बभन्दा बढी
    images
    नागरिक लगानी कोषको ३३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । आज कोषको कार्यालयमा एक समारोहको आयोजना गरी कोषले वार्षिकोत्सव मनाएको हो ।
     
    वार्षिकोत्सव समारोहमा अर्थमन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले वार्षिकोत्वको दिन कोषलाई थप उचाइमा पुर्याउन प्रतिज्ञा गर्नुपर्ने बताए । कोषले बचत गर्ने र लगानी गर्ने आवसरका रुपमा लिएर अगाडि बढ्नुपर्ने उनले बताएका थिए । अनलाइन प्रणालीमा गएपछि सेवामा तिब्रता आएको तर सबै राम्रो भएको भन्न भने नमिल्ने उनको भनाइ थियो ।
     
    ‘अनलाईन प्रणालीमा जोखिम भएकाले सुरक्षित बनाउन जरुरी छ, बचतकर्ताको गोपनियता राख्न सक्नुपर्छ, प्रतिस्पर्धात्मक भएर गुणस्तर कामय गर्नुपर्छ’, उनले भने । नेपालको अर्थतन्त्र संकटमा नभएको, राजस्व संकलन घटेपनि अर्थतन्त्रमा सुधारका संकेत देखिएको सचिव घिमिरेले बताएका थिए ।

    कार्यक्रममा कोष संचालक समितिका अध्यक्ष प्रा डा सूर्यबहादुर थापाले कोषले आफुलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय आकांक्षा पुरा गर्नेतर्फ काम गरिरहेको बताए । उनले भोलिको दिनमा देशको आर्थिक बृद्धिदरमा टेवा पुर्याउने एवं रोजगारी सिर्जन गर्न कृषि, पर्यटन, उर्जा र पूर्वाधार निर्माणजस्ता उत्पादनशील क्षेत्रमा लगानीलाइ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए । 

    त्यस्तै, कोषका कार्यकारी निर्देशक रमण नेपालले चालु आर्थिक बर्षको पुस मसान्तसम्म कोषको खुद बचत परिचालन रकम २ खर्ब ६ अर्ब १९ करोड रुपैँया रहेकोमा उक्त अवधिमा कोषले २ खर्ब ५ अर्ब ६९ करोड रुपैया लगानी गरेको बताए । समारोहमा कोषमा २० वर्ष भन्दा धेरै समय सेवा गरेका र सेवा निवृत्तलाई सम्मान गरिएको थियो ।

    प्रकाशित मिति :चैत्र ५ २०७९ आइतवार - १३:४१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij