Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

राष्ट्रिय बीमा संस्थानको पुनर्ताजगी तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय बीमा संस्थानको पुनर्ताजगी तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


  • 1.9K
    Shares

    • images
    राष्ट्रिय बीमा संस्थानको पुनर्ताजगी तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सरकारी स्वामित्वमा रहेको एकमात्र जीवन राष्ट्रिय बीमा संस्थानले उतकृष्ट अभिकर्ताबिच पुनर्ताजगी तालिम तथा अन्तरक्रिया कार्यक्रम यल्लो प्यागोडा होटेल कान्तिपथमा शनिवार सम्पन गरेको छ।

    वसाय वृद्धि तथा अभिकर्तालाई उत्प्रेरित गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नेपाल लाइफ र प्राईम लाइफ इन्सुरेन्सका भुतपुर्ब कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले बिक्रि र बजार कला सम्बन्धि शिर्षकमा प्रशीक्षण दिएका थिए।

    शाखा तथा बजार व्यस्थापन बिभागका प्रमुख दिपा अधिकारीले बीमा संस्थानको बर्तमान अवस्था र भावी योजना बारे प्रस्तुति दिएका थिए । अभिकर्ताहरुको ३ वटा समुहमा विभाजित गरिएको छलफलबाट प्रोडक्ट, सर्विस र इन्सेण्टिभ को लागि सल्लाह सुझाब र परिमार्जन गर्नुपर्ने कार्यविधि सम्बन्धमा प्राप्त प्रतिक्रियाको लागि संस्थानको तर्फबाट प्रशासक कवि प्रसाद पाठकले सामुहिक रुपमा जवाफ दिएका थिए ।

    बीमा संस्थानका सहायक प्रशासक कृष्ण कुमार श्रेष्ठ, नायब महाप्रबन्धक महेश रिमाल , विभागीय प्रमुख लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण बजार व्यस्थापन विभागका सहायक व्यस्थापक सुजित प्रसाद शाहले गरेका थिए।

    प्रकाशित मिति :चैत्र ५ २०७९ आइतवार - ११:४५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij