Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

किन जिउँदा मटेलीलाई सरकारले राख्यो शहीदको सूचिमा ?

किन जिउँदा मटेलीलाई सरकारले राख्यो शहीदको सूचिमा ?


  • 2.2K
    Shares

    किन जिउँदा मटेलीलाई सरकारले राख्यो शहीदको सूचिमा ?
    images

    सरकारले सार्वजनिक गरेको शहीदको सूचीमा डोटीका चक्रबहादुर मटेलीको नाम पनि समावेश गरिएको छ । डोटीको बडीकेदार गाउँपालिका-२ छेडागाउँका (साबिकको बर्छैन गाउँ विकास समिति–८) का ५९ वर्षीय चक्र बहादुर मटेलीको नाम सरकारले शहीदहरूको सूचीमा राखेको छ । उनी सरकारको नजरमा जिउँदो शहिद हुन पुगेका हुन्।

    फागुन १५ गते सशस्त्र विद्रोहका क्रममा ज्यान गुमाएका व्यक्तिहरूलाई सम्मान स्वरूप शहीद घोषणा गर्ने सरकारले निर्णय गरेको थियो ।

    सोही अनुरूप फागुन २९ गते राज पत्रमा प्रकाशित डोटी जिल्लाबाट शहीद घोषणा गरिएका ६३ जना मध्ये मटेलीको नाम ४२ औँ नम्बरमा रहेको छ ।

    सरकारले उनलाई २०५९ साल वैशाख १९ गते मृत्यु भई शहीद घोषणा गरिदिएको छ । सरकारले आफूलाई जिउँदो शहीद बनाएकोमा कुनै गुनासो नरहेको मटेली बताउँछन् । उनी भन्छन् ‘आफू मृत्यु तुल्य अवस्थामा रहेका कारण यसमा कुनै गुनासो छैन, म मरे सरह नै छु शरीरको ३ ठाउँमा गोली लागेको मान्छे, हातखुट्टा चल्दैन, श्वास मात्रै बाँकी छ ।’

    मटेली २०५९ साल वैशाख १९ गते बर्छैनको छेडामा तत्कालीन शाही सेनाले गरेको आक्रमणमा परि घाइते भएका थिए । उनको घाँटी, मुख र पाखुरामा गोली लागेको थियो । उनी भन्छन् ‘मलाई मर्‍यो भनेरै छोडेका हुन्, तर म जिउँदै रहेछु ।’ आफूलाई छाक टार्ने व्यवस्था गरिदिन पटक पटक सबै पक्षलाई अनुरोध गर्दा पनि कसैले नसुनेको उनको गुनासो छ ।

    ‘माओवादी विद्रोहकै क्रममा मेरो यस्तो अवस्था भयो तर माओवादीहरूले पनि हेरेनन् माओवादी सरकारमा भएका बेला पनि मैले धेरै नेताहरूलाई आग्रह गरेँ, आफ्नो समस्या भनेँ, तर कसैले सुनेनन्,’ उनले भने ।

    माओवादी नेतृत्वको सरकार रहेका बेला आफू र आफू जस्ता निर्दोष द्वन्द्व पीडितहरूको समस्या बुझिदिन उनले आग्रह गरेका छन् ।

    प्रकाशित मिति :चैत्र ५ २०७९ आइतवार - १०:३२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij