Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

साउनदेखि सुरक्षाकर्मीको राशनभत्ता बढ्ने भयो पक्कापक्की, कति बढ्दैछ ?

साउनदेखि सुरक्षाकर्मीको राशनभत्ता बढ्ने भयो पक्कापक्की, कति बढ्दैछ ?


  • 6.3K
    Shares

    साउनदेखि सुरक्षाकर्मीको राशनभत्ता बढ्ने भयो पक्कापक्की, कति बढ्दैछ ?
    images

    काठमाडौँ । सुरक्षाकर्मीको राशनभत्ता न्यूनतम ३३ प्रतिशत बढ्ने भएको छ । पछिल्लो पाँच वर्ष ३३ प्रतिशत मूल्यबृद्धि भएकाले सोही अनुसार राशनभत्ता बढाउन सिफारिस भएको छ ।

    गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको राशनभत्ता पुनरावलोकन समितिले बिहीबार गृहमन्त्री रामबहादुर थापा बादललाई यससम्बन्धि प्रतिवेदन बुझाएको छ ।

    गृहमन्त्री बादलले मुल्यवृद्धि अनुरुव नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासनभत्ता तत्काल बढाईने बताएका छन् ।
    आर्थिक वृद्धि र समृद्धिका लागि शान्ति सुरक्षा अनिवार्य शर्त रहेको र त्यस्तो शान्तिसुरक्षा कायमगर्न महत्वपूर्ण योगदान गर्ने सुरक्षाकर्मीको मनोबल बढाउन पनि भत्ता वृद्धि गरिने मन्त्री बादलले बताएका छन् ।

    विगत ६ वर्षदेखि प्रहरीको राशनभत्ता एउटै छ । पुरानो दरको राशनभत्ताले प्रहरीले छाक टार्न समस्या हुँदै आउको छ । सहसचिव गौतम नेतृत्वको कार्यदलले पछिल्लो ६ वर्षमा खाद्दान्नमा सरदर ३३ प्रतिशत मुल्यवृद्धि भएको निश्कर्ष निकाल्दै मुल्यवृद्धि र सरकारको वित्तीय स्रोतको उपलब्धताहेरी उपयुक्तमात्रामा रासन भत्ता वृद्धि गर्न सिफारिस गरेको हो । रासनभत्ता बृद्धि गर्न पटक पटक पहल हुँदै आएपनि अर्थ मन्त्रालयले अस्वीकार गर्दै आएको छ । मन्त्री थापाले बृद्धि प्रक्रिया आफुले अघि बढाउने बतएका छन् ।

    पुनरावलोकन समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अर्थ मन्त्रालयका प्रतिनिधि समेत सदस्य थिए । यसपटक भने बढीमा साउनदेखि राशनभत्ता बढ्ने सम्भावना छ ।

    प्रकाशित मिति :फाल्गुण ३ २०७७ सोमवार - १६:१३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij