Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

ओलीले भनेका बाजे वकिलले प्रतिनिधिसभा पुनःस्थापना भएन भने ओली उग्र हुने सुनाए यस्तो तथ्य 

ओलीले भनेका बाजे वकिलले प्रतिनिधिसभा पुनःस्थापना भएन भने ओली उग्र हुने सुनाए यस्तो तथ्य 


  • 6.4K
    Shares

    ओलीले भनेका बाजे वकिलले प्रतिनिधिसभा पुनःस्थापना भएन भने ओली उग्र हुने सुनाए यस्तो तथ्य 
    images

    काठमाडौं । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रतिनिधिसभा पुनःस्थापना भएन भने भविष्यमा मुख्यमन्त्रीहरू र संघीय तानाशाह हुने बताएका छन् । जवाफी बहसमा सहभागी हुँदै वरिष्ठ अधिवक्ता भण्डारीले प्रतिनिधिसभा विघटन मुद्दामा न्याय गर्न पनि आग्रह गरेका छन् । 

    रिट निवेदकका तर्फबाट जवाफी बहसमा सहभागी भएका वरिष्ठ अधिवक्ता भण्डारीले भने, "आज श्रीमान्‌हरूले प्रतिनिधिसभा पुनःस्थापना गर्नुभएन भने भोलि प्रदेशहरूमा मुख्यमन्त्रीहरू र संघीय तानाशाह हुनेछन् ।"

    प्रतिनिधिसभा विघटन गरेर सरकारले अपराध गरेको भण्डारीको भनाइ थियो । "सरकारले अपराध गरेको छ," विगतमा कहिल्यै पनि पूर्ण बहुमतको सरकार नबनेको अवस्थामा झन्डै दुई तिहाइको सरकारले संसद् हुँदा पनि स्थिरता नभएको भन्दै उनले थपे, "प्रधानमन्त्री कहिल्यै पनि संसद्‌मा जानु भएन । कहिल्यै जानुभएन । र पनि भन्नुहुन्छ सांसदले बिल पास गरेन ।"

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको लिखित कारण एउटा भनेको र पुस ६ गते अर्कै कारण देखाएर विज्ञप्ति जारी गरेको वरिष्ठ अधिवक्ता भण्डारीको भनाइ थियो ।

    उनले राजपत्रमा सूचना प्रकाशित भएमा मात्रै लागू हुने पनि तर्क गरे । उनले भने, "लालमोहर लागेको मितिमा निर्णय लागू हुँदैन, राजपत्र जारी भएको मितिमा निर्णय लागु हुन्छ ।"

    प्रतिनिधिसभा विघटनको घोषणा पुस ५ गते भएपनि माघ ८ गते छापिएको थियो भने माघ ९ गते इजलासमा पेस गरिएको थियो ।

    राजपत्रमा सूचना प्रकाशन भएभन्दा पहिल्यै संसद्‍मा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पनि वरिष्ठ अधिवक्ता भण्डारीको भनाइ थियो । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव आउँछ भनेर नै प्रतिनिधिसभा विघटन गरेको र त्यस्तो गर्न नपाइने भन्दै उनले प्रतिनिधिसभा पुनःस्थापनाको माग गरे । प्रधानमन्त्रीले बाजे वकिल भनेका भण्डारी चर्चित कानुन ब्यबसायी हुन्।

    प्रकाशित मिति :फाल्गुण ३ २०७७ सोमवार - १६:०८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij