Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

उपराष्ट्रपति निर्वाचन: रामसहाय प्रसाद यादव निर्वाचित, कुन उम्मेदवारले कति मत पाए?

उपराष्ट्रपति निर्वाचन: रामसहाय प्रसाद यादव निर्वाचित, कुन उम्मेदवारले कति मत पाए?


  • 2.5K
    Shares

    उपराष्ट्रपति निर्वाचन: रामसहाय प्रसाद यादव निर्वाचित, कुन उम्मेदवारले कति मत पाए?

    उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी, नेपालका रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्। उनले प्रदेश सभातर्फ ३२९ र संघतर्फ १८४ मत पाउँदै निर्वाचित भएका हुन्। उनीसँगै नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले प्रदेश सभातर्फ १६९ र संघमा १०४ मत पाएकी छन्। 

    त्यस्तै, अन्तिम समयमा आफ्नो उम्मेदवारी निस्क्रिय पारेकी जसपाकै प्रमिला देविले १ मत पाएकी छन्। उनलाई प्रदेश सभाका एक सांसदले मत दिएका छन्। 

    संघतर्फ भने उनलाई कुनै पनि मत परेन। राष्ट्रिय सभाकी सांसद प्रमिलाले आफ्नै मत पनि पार्टीको आधिकारिक उम्मेदवार यादवलाई दिएकी थिइन्।

    यस्तो छ मतपरिणाम :
    प्रदेश सभातर्फ :
    १. अष्टलक्ष्मी शाक्य- १६९
    २. प्रमिला कुमारी यादव-१
    ३. ममता झा- १५
    ४. रामसहाय प्रसाद यादव- ३२९

    संघीय संसदतर्फ:
    १. अष्टलक्ष्मी शाक्य- १०४
    २. प्रमिला कुमारी यादव-०
    ३. ममता झा-२३
    ४. रामसहाय प्रसाद यादव-१८४

    प्रकाशित मिति :चैत्र ३ २०७९ शुक्रवार - १७:१०:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij