Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

७ महिनामा वाणिज्य बैंकहरुले गरे ३९ अर्ब नाफा, नबिलको सबैभन्दा धेरै

७ महिनामा वाणिज्य बैंकहरुले गरे ३९ अर्ब नाफा, नबिलको सबैभन्दा धेरै


  • 2.0K
    Shares

    • images
    ७ महिनामा वाणिज्य बैंकहरुले गरे ३९ अर्ब नाफा, नबिलको सबैभन्दा धेरै
    images

    वाणिज्य बैंकले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा ३९ अर्ब ३९ करोड रुपैयाँ नाफा गरेका छन्। गत वर्ष यसै अवधिमा वाणिज्य बैंकले ४० अर्ब २४ करोड रुर्पयाँ नाफा गरेका थिए। चालू आवको नाफा गत वर्षको तुलनामा घटेको हो। 

    माघ मसान्तमा नबिल बैंकले सबैभन्दा धेरै नाफा गर्न सफल भएको छ। नबिल बैंकले ४ अर्ब १३ करोड रुपैयाँ नाफा गरेको छ। 

    त्यसैगरी एनआइसी एसियाले ३ अर्ब ६७ करोड, ग्लोबल आईएमईले ३ अर्ब ५३ करोड र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६ करोड रुपैयाँ नाफा गर्न सफल भएका छन्। 

    त्यसैगरी नेपाल बैंकले १ अर्ब ७० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ७० करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब २ करोड, हिमालयन बैंकले १ अर्ब २९ करोड, नेपाल एसबीआईले १ अर्ब ३८ करोड, एभरेष्टले १ अर्ब ८८ करोड, माछापुच्छ्रेले १ अर्ब १७ करोड, कुमारी बैंकले १ अर्ब ५३ करोड र लक्ष्मी बैंकले १ अर्ब २८ करोड रुपैयाँ नाफा गरेका छन्। 

    सिद्धार्थले १ अर्ब ४५ करोड, कृषि विकास बैंकले १० करोड, सिटिजन्स बैंकले १ अर्ब २ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब ९९ करोड, सनराइज बैंकले ८६ करोड, एनएमबी बैंकले २ अर्ब २३ करोड र सानिमा बैंकले १ अर्ब ५३ करोड रुपैयाँ नाफा गरेका छन्।

    तत्कालीन सिभिल बैंक (हाल हिमालयन बैंक)ले ७७ करोड रुपैयाँ नाफा गरेको छ भने माघ मसान्तमा प्रभु बैंकको नाफा सार्वजनिक भएको छैन।

    प्रकाशित मिति :चैत्र ३ २०७९ शुक्रवार - १६:४६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij