Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

उपराष्ट्रपति निर्वाचन: मतगणना सुरु, केहीबेरमा नतिजा आउने

उपराष्ट्रपति निर्वाचन: मतगणना सुरु, केहीबेरमा नतिजा आउने


  • 1.9K
    Shares

    उपराष्ट्रपति निर्वाचन: मतगणना सुरु, केहीबेरमा नतिजा आउने
    images

    उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा मतगणना सुरु भएको हो । केही बेरमै नतिजा आउने उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    निर्वाचनमा संघीय तथा प्रदेशसभाका सांसद गरी कुल ८ सय २९ मत खसेको छ । प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका ३ सय ११ र प्रदेशसभातर्फ ५ सय १८ सांसदले मतदान गरे ।

    संघीय संसदतर्फका ३ सय ३२ र प्रदेशसभामाका ५ सय ५० सांसद मतदाता रहेका थिए । राप्रपाका १४ र नेपाल मजदुर किसान पार्टीका १ सांसद मतदानमा सहभागी भएनन् । त्यसैगरी राष्ट्रपति रामचन्द्र पौडेल, एमालेका लक्ष्मी महतो, कांग्रेसका चन्द्र भण्डारी, माओवादी केन्द्रका वर्षमान पुन अनुपस्थित रहे ।

    उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा प्रतिस्पर्धामा छन् । जसपाकै उम्मेदवार प्रमिलाकुमारी यादवले भने आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेकी थिइन् ।

    प्रकाशित मिति :चैत्र ३ २०७९ शुक्रवार - १५:५७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij