Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

उपराष्ट्रपति निर्वाचन : एम्बुलेन्समा हालेर प्रदेश राज्यमन्त्री मोहम्मद अब्दुललाई संसद भवन ल्याइयो

उपराष्ट्रपति निर्वाचन : एम्बुलेन्समा हालेर प्रदेश राज्यमन्त्री मोहम्मद अब्दुललाई संसद भवन ल्याइयो


  • 2.1K
    Shares

    उपराष्ट्रपति निर्वाचन :  एम्बुलेन्समा हालेर प्रदेश राज्यमन्त्री मोहम्मद अब्दुललाई संसद भवन ल्याइयो

    संसद भवनमा जारी उपराष्ट्रपतिको निर्वाचनका लागि एकजना प्रदेश राज्यमन्त्रीलाई एम्बुलेन्समा हालेर भोट हाल्न ल्याइएको छ।

    मधेश प्रदेशमा जनता समाजवादीका सांसद तथा सामाजिक विकास राज्यमन्त्रीसमेत रहेका मोहम्मद अब्दुल कलाम आजादलाई एम्बुलेन्समा हालेर संसद भवन ल्याइएको हो।

    राज्यमन्त्री आजादको खुट्टामा चोट लागेर काठमाडौंस्थित ट्रामा सेन्टरमा अपरेशन गरिएको थियो। अपरेशन गरेपछि हिँड्न नसक्ने उनलाई ट्रमा सेन्टरबाट भोट हाल्न एम्बुलेन्समा ल्याइएको हो। एम्बुलेन्सबाट झारेर उनलाई स्ट्रेक्चरमा मतदानस्थलसम्म पुर्‍याइएको छ। 

    प्रकाशित मिति :चैत्र ३ २०७९ शुक्रवार - १४:३०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij