Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

बहस सुन्दासुन्दै न्यायाधिश भए एकाएक कडा, रन्किएका वकिलले किन जवाफ फर्काए झन् तगडा ?

बहस सुन्दासुन्दै न्यायाधिश भए एकाएक कडा, रन्किएका वकिलले किन जवाफ फर्काए झन् तगडा ?


  • 6.6K
    Shares

    बहस सुन्दासुन्दै न्यायाधिश भए एकाएक कडा, रन्किएका वकिलले किन जवाफ फर्काए झन् तगडा ?
    images

    काठमाडौं । इजलासमा बहसका क्रममा वरिष्ठ अधिवक्ता मुक्ति प्रधानलाई कुरा नदोहोर्याउन र विषयबाहिर नजान न्यायाधीश सपना प्रधानले भनेपछि उनले बहस सुन्ने धैर्यता राखिदिनुस् भन्दै आग्रह गरेका छन् । त्यसपछि न्यायाधीश प्रधानले ‘हामीले धैर्यता राखेका छैनौं त’ भन्दै प्रश्न गरेकी थिइन्।

    त्यसपछि अधिवक्ता प्रधानले ‘श्रीमानहरुको धैर्यतालाई सम्मान गर्छु, मेरो कुरा सुनिदिनुस्’ भन्दै बहस अगाडि बढाएका थिए ।

    बहसका क्रममा पूर्वमहान्यायाधिवक्ता समेत रहेका प्रधानले संसद् पुनर्स्थापनाको निर्णय भयो भने सरकारले संसद् नबोलाउने भन्ने हुनै नसक्ने बताए ।

    उनले भने, ‘विपक्षी वकिलले संसद पुनर्स्थापना भएपछि प्रधानमन्त्रीले संसद् बोलाउनुभएन भन्ने के हुन्छ भन्नुभएको छ । अदालतको फैसला मान्दिन भन्ने कुनै सरकार हुनसक्छ र ?’

    यस्तै प्रधानले सामान्य व्यक्तिले निषेधबाहेकको काम गर्न पाइने भए पनि संवैधानिक व्यक्तिले संविधानले तोकेकोबाहेक अरु गर्न नपाइने बताए ।

    धारा ५८ को विशेषाधिकार संघलाई भएकाले प्रधानमन्त्रीको व्यक्तिगत अधिकार नभएको बताए । विपक्षीले जहाँ संसद् विघटन भन्ने शब्द उल्लेख छ, त्यहीँ विघटनको अधिकार छ भनेर तर्क गरेको भन्दै खण्डन गरे ।

    प्रधानमन्त्रीका वकिलले विष्णुको अवतारका रुपमा ओलीलाई प्रस्तुत गरेको बताए ।

    ‘प्रधानमन्त्रीलाई श्री ३ ठान्नुभएको छ, त्यो होइन। विष्णुको अवतारका रुपमा प्रस्तुत गर्नुभयो, उहाँ श्री ३ र श्री ५ होइन’, प्रधानले भने । उनले संसद् पुनर्स्थापना भए संसद् बोलाउने प्रधानमन्त्री आउने बताए ।

    प्रकाशित मिति :फाल्गुण ३ २०७७ सोमवार - १५:४४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij