Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

सनराईज बैंकको २ लाख भन्दा बढी सेयर बिक्रिमा

सनराईज बैंकको २ लाख भन्दा बढी सेयर बिक्रिमा


  • 2.2K
    Shares

    • images
    सनराईज बैंकको २ लाख भन्दा बढी सेयर बिक्रिमा

    सनराईज बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको २ लाख ६३ हजार ४९६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ । 

    संस्थापक सेयरधनीहरुले सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयर बिक्री गर्न लागेको हो । बैंककले उक्त सेयरको न्यूनतम मूल्य १२५ रुपैयाँ प्रतिकित्ता तोकेको छ । इच्छुक आवेदकले १२५ वा सो भन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् ।

    बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर, बैंकको बैंकको केन्द्रिय कार्यलय गैरीधारा काठमांडौमा आईपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो । 

    सो समयभित्र कुनैपनि निवेदन नआएमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३, को निर्देशन र अन्य प्रचलित कानून बमोजिम संस्थापक शेयरधनीहरुको दावी नभएको सम्झी अन्य व्यक्तिहरुलाई बिक्री गरिने पनि बैंकले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ३ २०७९ शुक्रवार - १३:०१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij