Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

उपराष्ट्रपति निर्वाचन: किरियापुत्री सांसदले गरे मतदान

उपराष्ट्रपति निर्वाचन: किरियापुत्री सांसदले गरे मतदान


  • 1.7K
    Shares

    उपराष्ट्रपति निर्वाचन: किरियापुत्री सांसदले गरे मतदान

    उपराष्ट्रपति निर्वाचनमा मतदान गर्नका लागि बुवाको किरिया बसेका प्रदेश सांसद प्रकाश बराल नयाँ बानेश्वरस्थित संसद भवन पुगेका छन्। गण्डकी प्रदेशका सांसद बरालका बुवा लोकराज बरालको गत फागुन २६ गते निधन भएको थियो। 

    उनी शुक्रबार (३ चैत) जहाज चढेर पोखराबाट काठमाडौं आएका हुन्। पोखरा २२ स्थायी घर भएका सांसद बराल नेपाली कांग्रेसबाट प्रदेशसभामा निर्वाचित भएका हुन्।

    नयाँ उपराष्ट्रपतिका लागि बिहान १० बजेबाट मतदान जारी छ। दिउँसो ३ बजेसम्म हुने मतदानमा सहभागी हुन अन्य सांसदहरू पनि सहभागी हुने क्रम जारी छ। मतदान सम्पन्न भएलगत्तै गणना सुरु गरिने र साँझ ६ बजेसम्म परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।​

    उपराष्ट्रपति चुनावमा पनि ४ जना उम्मेदवार छन्। निर्वाचन आयोगले शुक्रबार हुने उपराष्ट्रपति चुनावको लागि चारजना उम्मेदवार रहेको मतपत्र सार्वजनिक भइसकेको छ। नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला कुमारीको नाम मतपत्रमा छ।

    जसपाबाट उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएको र उनले रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेकी छन्।

    प्रकाशित मिति :चैत्र ३ २०७९ शुक्रवार - ११:२४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij