Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

विदेश जाने युवाहरूलाई अनावश्यक दुःख नदिन प्रधानमन्त्री प्रचण्डले दिए यस्तो निर्देशन

विदेश जाने युवाहरूलाई अनावश्यक दुःख नदिन प्रधानमन्त्री प्रचण्डले दिए यस्तो निर्देशन


  • 1.9K
    Shares

    विदेश जाने युवाहरूलाई अनावश्यक दुःख नदिन प्रधानमन्त्री प्रचण्डले दिए यस्तो निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिन निर्देशन दिएका छन् ।

    बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा जाँदा युवाहरूले अनेकौँ समस्या भोग्नुपरेको भन्दै अनावश्यक दुख नदिन निर्देशन दिएका हुन् । 

    उनले भने, “वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दुख पाएको गुनासो सुन्ने गरेको छ। पासपोर्ट बनाउँदा, मेडिकल टेस्ट गर्दा, अभिमुखीकरण तालीम लिँदादेखि अध्यागमनसम्म युवाहरूले दुख पाएको कुरा गम्भीर छ । कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस् । दुख दिने, आलटाल गर्ने, ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण होस्।”

    प्रकाशित मिति :चैत्र २ २०७९ बिहिवार - १६:१३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij