Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

जसपाले गर्‍यो मञ्जु अन्सारीलाई समानुपातिक सांसद बनाउने निर्णय

जसपाले गर्‍यो मञ्जु अन्सारीलाई समानुपातिक सांसद बनाउने निर्णय


  • 1.8K
    Shares

    जसपाले गर्‍यो मञ्जु अन्सारीलाई समानुपातिक सांसद बनाउने  निर्णय

    काठमाडौँ ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्य (सांसद) बनाउने भएको छ । पार्टीले उनलाई सांसद बनाउने निर्णय गर्दै निर्वाचन आयोगमा सिफारिस गर्न लागिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

    बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको  उनले बताए ।उनी सप्तरी निवासी हुन् । 

    जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ । मञ्जु मुस्लिम क्लस्टरको दोस्रो स्थानमा  रहेकी थिइन् ।

    प्रकाशित मिति :चैत्र २ २०७९ बिहिवार - १४:२२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij