२०८२ माघ १४ गते बुधवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न उपराष्ट्रपति पदको निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ ।
बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उक्त निर्वाचनमा तटस्थ बस्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उपराष्ट्रपति निर्वाचन यही चैत ३ गते हुँदै छ । राप्रपाबाट प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद छन् । उनीहरूको कुल मतभार दुई हजार ४५० हुन्छ । राप्रपा राष्ट्रपति निर्वाचनमा पनि तटस्थ बसेको थियो ।
यस्तै, किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदूरदर्शी, अमानवीय र अनुचित रहेको निष्कर्ष बैठकबाट निकालिएको छ । उक्त निर्णय फिर्ता लिन माग गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij