Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

संघीय निजामति ऐन तत्काल ल्याउन एकीकृत सरकारी कर्मचारी संगठनको माग

संघीय निजामति ऐन तत्काल ल्याउन एकीकृत सरकारी कर्मचारी संगठनको माग


  • 1.9K
    Shares

    संघीय निजामति ऐन तत्काल ल्याउन एकीकृत सरकारी कर्मचारी संगठनको माग

    काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट कर्मचारी संगठनले संघीय निजामति ऐन अबिलम्ब ल्याउन माग गरेको छ । फागुन २६ र २७ गते भक्तपुरमा सम्पन्न प्रथम राष्ट्रिय अधिवेशनले प्रशासनिक संघीयता कार्यान्वयनको अनिवार्य औजार संघीय निजामती सेवा ऐन अविलम्व जारी गर्न मगा गरेको हो । त्यसका लागि संगठनले दवाव दिने निर्णय गरेको संगठनका महासचिव प्रकाश राईले बताए । 

    संघीय निजामती सेवा ऐनको आधारभूत अन्तर वस्तुहरुको सवालमा संगठनले अगाडि सार्दै आएका दृष्टिकोणहरुप्रति प्रतिवद्ध रहने निष्कर्ष अधिवेशनले अगाडि सारेको छ । त्यस्तै वैज्ञानिक सरुवा प्रणाली अर्थात स्वचालित र अनुमानयोग्य सरुवा प्रणाली लागू गर्नुपर्ने संगठनको माग छ । सरुवाको वेथितिप्रति अधिवेशनले गम्भिर समीक्षा गरेको भन्दै सरुवा प्रणालीलाई स्वाचालित र अनुमानयोग्य बनाउने अभियान/आन्दोलनको अगुवाइ गर्ने निर्णय अधिवेशनले गरेको महासचिव राईले बताए । 

    सरुवा प्रणाली वैज्ञानिक बनाउनका लागि संघीय निजामती सेवा ऐन जारी भएको मितिमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई पुल दरबन्दीमा राखी स्वचालित सरुवा प्रणाली स्थापना गरि पुनः पदस्थापना गर्नुपर्ने माग अघि सारेको छ ।  राष्ट्रिय अधिवेशनबाट गगनसिंह विष्टको अध्यक्षतामा १३९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचन गरिएको छ । 
    तल्लो तहका कर्मचारी निकै खटिएर काम गर्नुपर्ने तर, माथिल्लो तहका कर्मचारी कामै नगरेर बस्ने गरेको संगठनको ठहर छ ।

    karmachari1_WTmA5yV6Z0.webp

    2_sKSCYVJOQp.webp

    प्रकाशित मिति :चैत्र १ २०७९ बुधवार - १५:३७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij