Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन स्थगित

मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन स्थगित


  • 1.9K
    Shares

    मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन स्थगित

    सुर्खेत । चैत्र ३ गतेका लागि तोकिएको मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन स्थगित भएको छ । मंगलबार विश्वविद्यालय अन्तर्गतको (मुसोम) का विद्यार्थीले मतदानबाट  वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए। 

    उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्म  स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको छ । चैत्र ८ गते दुबै पक्षलाइ ऊच्च अदालत सुर्खेतमा ऊपस्थित हुनु आदेश जारि गरेको छ।

     ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) मा अध्ययनरत ३ जना विद्यार्थीले मध्यपश्चिम विश्वविद्यालय लगायत पाँचवटा कार्यालका विरुद्ध उच्चद अदालत सुर्खेतमा रिट दायर गरेका थिए । उच्च अदालत सुर्खेतका सुचना अधिकारी सराेजनीधि वाग्लेले चैत ८ गतेसम्मका लागि अल्पकालीन आदेश जारी गरेको जानकारी दिए।

    प्रकाशित मिति :चैत्र १ २०७९ बुधवार - १४:५०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij