Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

प्रचण्ड-माधवको सचिवालयमा पर्न यी नेताले एकले अर्कालाई दिन थाले धक्का, महासचिवमा को भयो पक्का ?

प्रचण्ड-माधवको सचिवालयमा पर्न यी नेताले एकले अर्कालाई दिन थाले धक्का, महासचिवमा को भयो पक्का ?


  • 6.1K
    Shares

    प्रचण्ड-माधवको सचिवालयमा पर्न यी नेताले एकले अर्कालाई दिन थाले धक्का, महासचिवमा को भयो पक्का ?
    images

    काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको आधिकारितासम्बन्धी निर्णय दिएलगत्तै विभाजनपछिको भविष्य निश्चित हुनेछ । नेकपाको प्रचण्ड-नेपाल समूहमा अध्यक्षमा प्रचण्ड र माधवकुमार नेपालको टुंगो लागिसकेको छ । वरिष्ठ नेता झलनाथ खनाल तेस्रो वरियतामा छन् ।

    अब नेकपा प्रचण्ड-नेपाल पक्षमा महासचिवको टुंगो लाग्न बाँकी छ । निर्वाचन आयोगले निर्णय दिएलगत्तै सुरेन्द्र पाण्डेको महासचिव बन्ने सम्भावना लगभग निश्चित जस्तै छ । माधव नेपाललाई अध्यक्ष बन्न खनालले समर्थन गरेकाले पाण्डेको सम्भावना बलियो भएको छ । पाण्डेको नाममा माधव नेपाल पनि सकारात्मक छन् ।

    महासचिव पदका लागि भीम रावल र जर्नादन शर्मा पनि आकांक्षी छन् । शर्मा प्रचण्ड पक्षधर हुन् भने रावल नेपाल पक्षका हुन् ।
    नेकपाको प्रचण्ड-नेपाल पक्षमा हाल चार जना मात्र सचिवालय सदस्य छन् । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सचिवालयमा छन् । वामदेव गौतम तटस्थ छन् । उपाध्यक्ष गौतमको नाम नेकपाको दुवै समूहमा राखिएको छ ।

    यसैगरी, सचिवालय सदस्य बन्न प्रचण्ड-नेपाल समूहमा ठुलो संख्यामा नेताहरुको दौड चलेको छ । उक्त समूहले कम्तिमा ९ देखि ११ जना सचिवालय सदस्य बनाउने बुझिएको छ । प्रचण्ड, नेपाल र खनाल तीनैजनाको सहमतिमा सचिवालय सदस्य चयन गर्ने तयारी बढाइँदैछ ।

    महासचिवमा सुरेन्द्र पाण्डे चयन भएमा उनी स्वतः सचिवालय सदस्य हुनेछन् । प्रचण्ड पक्षधर जर्नादन शर्मा, वर्षमान पुन, पम्फा भुषाल, पूर्व सभामुख कृष्णबहादुर महरा र देवेन्द्र पौडेल पनि आकांक्षी छन् ।

    माधव नेपाल पक्षधर भीम रावल, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरा, वेदुराम भुषाल, रघुजी पन्त, योगेश भट्टराई र घनश्याम भुषाल प्रमुख दाबेदार देखिएका छन् ।

    झलनाथ खनाल पक्षका भीम आचार्य पनि सचिवालयमा दाबेदार छन् । सबैलाई मिलाएर सचिवालय बनाउँदा संख्या थपघट हुनसक्ने बुझिएको छ ।

    प्रकाशित मिति :फाल्गुण ३ २०७७ सोमवार - १२:५५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij