Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

ओलीले सिंहदरबारबाटै प्रचण्ड-माधवलाई ज्योतिषीको भिराईदिए बिल्ला, अनि सुनाए कुरा चिल्ला  

ओलीले सिंहदरबारबाटै प्रचण्ड-माधवलाई ज्योतिषीको भिराईदिए बिल्ला, अनि सुनाए कुरा चिल्ला  


  • 6.2K
    Shares

    ओलीले सिंहदरबारबाटै प्रचण्ड-माधवलाई ज्योतिषीको भिराईदिए बिल्ला, अनि सुनाए कुरा चिल्ला  
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रतिगमनको आरोप लगाउँदा उदेक लाग्ने गरेको बताएका छन् । उनले सिंहदरबारमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

    “प्रतिगमनको आरोप लगाउँदा मलाई उदेक लाग्छ । वास्तवमा बहस हो कि लाञ्छनामात्रै हो । के हो प्रतिगमन भनेको ? निर्वाचन प्रतिगमन हो ? निर्वाचन हुँदा बहुदलीय प्रतिष्पर्धात्मक राजनीतिक प्रणाली समाप्त हुन्छ ? हामीले रोजेको प्रणाली होइन ?,” उनले भने, “जनताका बीचमा जाँदा प्रतिमगन हुने भए दुईवर्षमा हुने चुनाव पनि प्रतिगमन हो ? निर्वाचनलाई प्रतिगमन भन्नुभएको हो ? कि केलाई प्रतिगमन भन्नुभएको हो ? प्रणालीले कोरेका सीमाभन्दा बाहिर गएका छौँ ?”

    उनले प्रतिगमनको आरोप लगाउनेले राजनीति गर्न नजानेको टिप्पणी पनि गरे ।

    “कुनै हालतमा चुनाव गराउँदैन भनेर उहाँहरु राजनीति गर्नहुुन्छ कि ज्योतिषशास्त्र पढ्नुहुन्छ ?,” उनले भने, “कस्तो शास्त्र हो उहाँहरुको चुनाव हुँदैन भन्ने ? हामी उल्टो बाटोतर्फ फर्किएका छैनौँ ।”

    सरकार बनाउन र ढाल्न के के गरिए भन्नेतर्फ अहिले नजाने बताउँदै अस्वस्थ बाटो अवलम्बन नगरेको बताए ।

    प्रकाशित मिति :फाल्गुण ३ २०७७ सोमवार - १२:४७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij