Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसला फागुन १५ गते आउने, ओलीका सल्लाहकार अब कता धाउने ?

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसला फागुन १५ गते आउने, ओलीका सल्लाहकार अब कता धाउने ?


  • 6.3K
    Shares

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसला फागुन १५ गते आउने, ओलीका सल्लाहकार अब कता धाउने ?
    images

    काठमाडौं । प्रतिनिधिसभाको असंवैधानिक विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहसले अन्तिम रूप लिने क्रममा फैसलाको अनुमान गर्न थालिएको छ । श्रीमानहरूसँग निकट सम्बन्ध रहेको एउटा उच्च स्रोतले भनेको छ ‘फैसला सम्भवतः फागुन १५ गते हुन्छ ।’

    मोटामोटी तालिका अनुसार आज सोमबार निवेदक पक्षको तर्फबाट थालिएको जवाफी बहस सकिन्छ । भोलिबाट तीन दिन एमिकसक्युरीका कानुन व्यवसायीले आफ्ना धारणा राख्ने छन् । बिहीबार एमिकस क्युरीको पालो सकिएपछि बहसमा सहभागी सबै कानुन व्यवसायीलाई बहस नोट बुझाउन एक साताको म्याद दिने तयारी देखिन्छ । त्यसो गर्दा फागुन १२ गते पुग्छ । इलजासका न्यायाधीशहरूलाई छलफल र निर्णय गर्न अर्को तीन दिन छुट्याउँदा फागुन १५ गते फैसला आउने उक्त स्रोतले दाबी गरेको हो ।

    त्यसैको सेरोफेरोमा रहेर केही दिनदेखि महान्यायाधिवक्ता अग्नि खरेलले राजिनामा दिने चर्चा व्यापक चलाइएको छ । ‘महान्यायाधिवक्ता खरेलले १५ गते राजिनामा दिने’ एकजना नायब महान्यायाधिवक्ताले बताए । केही दिनअघि महान्यायाधिवक्ता कार्यालयमा आयोजित एक अनौपचारिक छलफलमा बोल्दै खरेलले राजिनामाको संकेत गरेर भनेका थिए, ‘जति सकेको साथ दिएँ । अब फुर्सद लिने विचारमा छु ।’
    त्यहि क्रममा उनले आफ्ना कार्यालयका डेपुटी र विश्वस्तहरूलाई ‘अब आफ्नो ढंगले काम गर्नुस् है’ सम्म भन्न भ्याएका थिए  ।

    प्रकाशित मिति :फाल्गुण ३ २०७७ सोमवार - १२:३१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij