Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

सिंहदरबारबाट कुर्लिदै प्रधानमन्त्री ओलीले संसद विघटन गर्न बाध्य पार्ने प्रचण्ड भएको सुनाए यसरी फेहरिस्त 

सिंहदरबारबाट कुर्लिदै प्रधानमन्त्री ओलीले संसद विघटन गर्न बाध्य पार्ने प्रचण्ड भएको सुनाए यसरी फेहरिस्त 


  • 6.0K
    Shares

    सिंहदरबारबाट कुर्लिदै प्रधानमन्त्री ओलीले संसद विघटन गर्न बाध्य पार्ने प्रचण्ड भएको सुनाए यसरी फेहरिस्त 
    images

    काठमाडौं । संसद विघटन गर्नुआफ्नो बाध्यता भएको प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेका छन् ।

    सोमबार सरकारका तीन वर्षका उपलब्धी सिंहदरबारबाट सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले संसद विघटन गर्न नपरोस् भनेर आफूले अन्तिम समयसम्म कोसिस गरेको बताए।

    ‘सत्तारुढ दलको विवादको बाछिटा संसदमा नपरोस भनेर धेरै लान्छाना पनि सहेकै हो,’ प्रधानमन्त्रीको दावी छ, ‘विभिन्न लान्छाना छापेर सरकारमाथि हमला गर्ने काम भयो। गत पुस ५ गते विघटन सिफारि हुनुभन्दाअघिसम्म झुटो अभियोग लगाउने काम नगरौं । यस ढंगले खुइल्याउने काम नगरौं, स्वस्थ ढंगले सरकार र पार्टी चलाउन भनेर मैले अन्तिम समयसम्म कोसिस गरेँ । र, संसद विघटन नर्गुनपरोस भनेर पनि सोचेँ ।’

    आफूले बैकल्पिक सरकार बन्ने सम्भावना बारे पनि सोचेको र त्यस्तो नपाएपछि आफसँग संसद विघटन बाहेक कुनै पनि विकल्प नरहेको ओलीको भनाइ छ।

    ‘मैले वर्तमान अवस्थामा के बैकल्पिक सरकार बन्न सक्छ छ भनेर पनि सोचेँ,’ उनको भनाइ छ, ‘६४ प्रतिशत मत प्राप्त दलको सर्वसम्मत नेता । मेरा विरुद्ध संसदीय दलमा केही आलोचना, टिप्पणी पनि छैन । एक जना मान्छेले झुटो लान्छना पेश गरेका बाहेक मेरो विरुद्ध केही उजुरी पनि छैन । त्यस्तो अवस्थामा बैकल्पिक सरकार पनि बन्ने अवस्था रहेन । मसँग सिमीत बिकल्प मात्रै थिए।’

    ओलीले निर्वाचनमा जानु प्रतिगमन नभएको समेत दावी गरे। उनले संविधान भन्दा आफू अलग बाटोमा नहिँडेको भन्दै प्रतिगमन भन्नु गलत कुरा रहेको बताए।

    प्रकाशित मिति :फाल्गुण ३ २०७७ सोमवार - ११:५०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij