Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

पूर्वप्रधानन्यायाधीश जवाफ सहित सर्वोच्च पुगे, प्रधानमन्त्री ओली र प्रचण्ड कहिले जान्छन ?

पूर्वप्रधानन्यायाधीश जवाफ सहित सर्वोच्च पुगे, प्रधानमन्त्री ओली र प्रचण्ड कहिले जान्छन ?


  • 6.2K
    Shares

    पूर्वप्रधानन्यायाधीश जवाफ सहित सर्वोच्च पुगे, प्रधानमन्त्री ओली र प्रचण्ड कहिले जान्छन ?
    images

    काठमाडौं । अदालतको अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफसहित उपस्थित हुने आदेश अनुसार दुई साता पुग्दा पनि म्याद तामेल नभएपछि चार जना पूर्व प्रधानन्यायाधीशहरु आज आफैं म्याद बुझ्न सर्वोच्च अदालत पुगेका छन् ।

    पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी,अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की अदालतमै म्याद बुझ्ने गरी लिखित जवाफ पेश गर्न सर्वोच्च पुगेका हुन् । उनीहरुले आजै वारेसका लागि निवेदन समेत दिएका छन् ।

    प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै चार पूर्वप्रधानन्यायाधीशले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा सडकबाट न्यायाधीशहरुलाई आफूहरुले भनेबमोजिम फैसला गर्न दबाब दिएको भन्दै अवहेलना मुद्दा दर्ता भएको थियो ।

    त्यसमाथि सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्याद बाहेक एक साताभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको थियो । यस्तै आदेश प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व सभामुख दमननाथ ढुंगानालाई पनि दिइएको छ ।

    अदालतको अवहेलना मुद्दामा पूर्वप्रधानन्यायाधीशले आफैं उपस्थित भएर जवाफ दिएको सम्भवतः यो पहिलो घटना हो ।

    प्रकाशित मिति :फाल्गुण ३ २०७७ सोमवार - ११:४८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij