Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

२७.१ प्रतिशतले बढ्यो रेमिट्यान्स

२७.१ प्रतिशतले बढ्यो रेमिट्यान्स


  • 2.0K
    Shares

    २७.१ प्रतिशतले बढ्यो रेमिट्यान्स
    images

    काठमाडौं । माघ मसान्तसम्ममा रेमिट्यान्स २७.१ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणानुसार माघ महिनामा रेमिट्यान्स २७.१ प्रतिशतले वृद्धि भएर ६ खर्ब ८९ अर्ब ८८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ४.४ प्रतिशतले घटेको थियो।

    अमेरिकी डलरमा रेमिट्यान्स १६.४ प्रतिशतले वृद्धि भई पाँच अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष रेमिट्यान्स आयात ५.३ प्रतिशतले घटेको थियो।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई तीन लाख १४ हजार ७६७ पुगेको छ।

    यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भएर एक लाख ६७ हजार ७०८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो।

    समीक्षा अवधिमा खुद ट्रान्सफर २५.२ प्रतिशतले वृद्धि भएर सात खर्ब ५९ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.७ प्रतिशतले घटेको थियो।

    प्रकाशित मिति :फाल्गुण २८ २०७९ आइतवार - १३:२८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij